१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

साहित्यकार खनालको पाँचौ कृति सार्वजनिक



झापा– कथाकार बिनोद खनालले एकसठिऔं जन्मदिनको अवसर पारेरे आफ्नो पाँचौ कृति सार्वजनिक गरेका छन् । ज्यामिरगढी माध्यमिक विद्यायलबाट सेवा निवृत्त भएको भोलिपल्टै बिद्यालयमै आयोजित एक कार्यक्रममा खनालले नयाँ कृति मेरा कथाहरु सार्वजनिक गरेका हुन्।

खनालको कथा संग्रहलाई मोति छन्दकला झापाका संयोजक हरिप्रसाद रिमाल,त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेम प्रसाद फलाहारी, संगीतकार मातृका संग्रौला,साहित्यकार गंगा ओडारी र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर कार्कीले सयुक्त रुपमा बिमोचन गरेका थिए ।

मेरा कथाहरु संग्रहमा सामाजिक परिवेशमा लेखिएका १५ वटा कथा समेटिका छन् । यसअघि खनालका चौतारी र फर्किएर हेर्दा कथा संग्रह, छालहरु कविता संग्रह र तितो मिठो हाँस्यव्यग्य संग्रह प्रकाशित छन् । उनले करीव आधा दर्जन साहित्यिक संग्रहको सम्पादन गरेका छन् । माध्यमिक तहमा नेपाली बिषय अध्यापन गराउने खनालले त्रिचालिस बर्ष अघिदेखि शिक्षण पेशामा संलग्न थिए।

साहित्यकार खनाल गणेश बहादुर प्रसाई स्मृति प्रतिष्ठान,साहित्यकार तेराख प्रतिष्ठानका सचिव हुन् भने नव साहित्य समाज बाहुण्डागीका संस्थापक मध्येका एक हुन्।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार ००:००  १० : २० बजे