• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. विजनेस कर्नर
  3. चिया निकासीमा देखिएको भारतीय अवरोध हट्यो
 चिया निकासीमा देखिएको भारतीय अवरोध हट्यो
विजनेस कर्नर समाचार

चिया निकासीमा देखिएको भारतीय अवरोध हट्यो

by Speak ९ मंसिर २०७८, बिहीबार ०८:५३

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

झापा– पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि रोकिएको नेपाली चियाको भारत निकासी सुचारु भएको छ । भारतका दुई निकायबीच चियाको सर्टिफिकेट कसले जारी गर्ने भन्ने विषयमा विवाद हुँदा त्यसको असर नेपाली चिया निर्यातमा परेको थियो ।

टी काउन्सिल अफ इण्डिया र भारतीय टी बोर्ड बीचको विवादका कारण नेपाली चिया लोड भएका ट्रक काँकडभिट्टा नाकामा रोकिएका थिए । भारतीय दुई निकायबीच सहमति भएपछि नेपाली चियाको निर्यातमा भइरहेको अवरोध हटेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

टी काउन्सिल अफ इण्डियाले जारी गरेको सर्टिफिकेटका आधारमा नेपाली चियाको निर्यात सुचारु भएको मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओलीले बताए । नेपाली चिया व्यवसायीले भने भारतीय टी बोर्डले नेपाली चियाको गुणस्तरमाथि प्रश्न उठाउँदै निर्यातमा अवरोध गरेको जनाएका छन् ।

तर, सरकारी अधिकारी भने भारतले नेपाली चियाको गुणस्तरमा प्रश्न नउठाएको दावी गर्छन् । केही वर्षदेखि भारतले बेला–बेलामा नेपाली चिया निर्यातमा अवरोध गर्दै आएको छ । भारतीय अवरोध हुँदा नेपाली चियाको निर्यात घटेको मेची भन्सार कार्यालयको तथ्याङ्क छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.