- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
झापा– नेकपा एमालेको महाधिवेशन आउन एक साता मात्रै बाँकी भए पनि नेतृत्व व्यवस्थापनका विषयमा नेताहरुले मुख खोल्न सकेका छैनन् । सबै आकांक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीको मुख ताकिरहेका छन् ।
अध्यक्ष ओलीको चाहनाबिना कोही पनि नेताले पद पाउने सम्भावना देखिँदैन । अहिलेसम्म नेताहरुले आफू कुन पदमा उठ्ने भनेर घोषणा सम्म गरेका छैनन् ।
एमालेको नयाँ विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहित १५ पदाधिकारीको व्यवस्था छ । नेतृत्वका आकांक्षी अध्यक्ष ओलीको बालकोट निवासमा धाइरहेका छन् ।
पद माग्दै आउने नेताहरुलाई अध्यक्ष ओलीले मार्क्सवाद पढाएर पठाइरहेका छन् । एमाले स्थायी समिति सदस्य सुवास नेम्वाङले अनौपचारिक रुपमा सहमतिमा नेतृत्व चयनको विषयमा छलफल भइरहेको बताएका छन् ।