- झापा आइपुगे एमाले अध्यक्ष ओली
- माघ महिनाका लागि निक्षेपको ब्याजदरमा कटौती
- राष्ट्रिय परिवर्तन पार्टीद्वारा झापा ५ मा उम्मेदवारी दिने घोषणा
- इस्टर्न साहाराद्वारा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित
- हल्दीबारी जेसीजमा नितेश खरेलको नेतृत्वमा नयाँ कार्यसमिति
झापा– नेकपा एमालेको महाधिवेशन आउन एक साता मात्रै बाँकी भए पनि नेतृत्व व्यवस्थापनका विषयमा नेताहरुले मुख खोल्न सकेका छैनन् । सबै आकांक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीको मुख ताकिरहेका छन् ।
अध्यक्ष ओलीको चाहनाबिना कोही पनि नेताले पद पाउने सम्भावना देखिँदैन । अहिलेसम्म नेताहरुले आफू कुन पदमा उठ्ने भनेर घोषणा सम्म गरेका छैनन् ।
एमालेको नयाँ विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहित १५ पदाधिकारीको व्यवस्था छ । नेतृत्वका आकांक्षी अध्यक्ष ओलीको बालकोट निवासमा धाइरहेका छन् ।
पद माग्दै आउने नेताहरुलाई अध्यक्ष ओलीले मार्क्सवाद पढाएर पठाइरहेका छन् । एमाले स्थायी समिति सदस्य सुवास नेम्वाङले अनौपचारिक रुपमा सहमतिमा नेतृत्व चयनको विषयमा छलफल भइरहेको बताएका छन् ।














