- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
झापा– अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आजदेखि सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना हुन लागेको हो ।
लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब बीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र यसैवर्ष शीर्ष डिभिजनमा उक्लिएको हो । शनिबारदेखि हरेक दिन दुई वटा खेल सञ्चालन हुनेछन् ।
एन्फाका अनुसार प्रतियोगितामा चौधवटा क्लबले प्रतिस्पर्धा गर्दैछन् । डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ । उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।