- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामाेड– नेपालको उत्कृष्ट सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सहकारी अभियानका अग्रणी व्यक्तित्व पूर्वमन्त्री केशवप्रसाद बडाललाई एक लाख एक हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको छ ।
सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभाको अवसर पारेर शनिबार झापाको चारपानेमा आयोजित समारोहका बीच बडाललाई संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रिय ब्यक्तित्व सम्मान पुरस्कार प्रदान गर्नुभएको हो ।
तर, पुरस्कार ग्रहण समारोहमा बडाल भने उपस्थित हुन सक्नु भएन । उहाँकाे पुरस्कार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले ग्रहण गर्नुभएको छ ।
नेपालको सहकारी अभियानको विकास र प्रवर्द्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरी समग्र आन्दोलनलाई उचाईमा पुर्याउन बडालले खेल्नुभएको भूमिकाको उच्च कदर गर्दै पुरस्कार प्रदान गरिएको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले बताउनुभयो ।
सार्वजनिक, निजी र सहकारी सहितको तीनखम्बे अर्थनीतिमार्फत मुलुकलाई आत्मनिर्भर र समृद्ध बनाउने यात्रामा बडालको योगदान महत्वपूर्ण छ ।
