- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
- गौरीगञ्जमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु
झापा– झापाका टेलिभिजन पत्रकार तिलक तामाङको उपचारका लागि प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । पत्रकार तामाङ सूर्याेदय टेलिभिजनमा आवद्ध छन् ।
टेलिभिजनको काम सकेर घर फर्किने क्रममा पत्रकार तामाङ भदौ २ गते मोटरसाइकल दुर्घटनामा परेका थिए । शनिश्चरे बजार नजिकै भएको दुर्घटनामा उनको खुट्टा भाँचिएको थियो ।
घाइते अवस्थाका तामाङलाई प्रतिष्ठानको बोर्ड बैठकले उक्त रकम उपचार सहयोगका लागि उपलब्ध गराउने निर्णय गरेको कार्यकारी निर्देशक यज्ञ शर्माले जानकारी दिए ।



















