- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
- सर्पदंशबाट नेपालमा वर्षेनि एक हजारको मृत्यु, जनचेतना फैलाउन झापा र मोरङमा कार्यक्रम
झापा– झापाका टेलिभिजन पत्रकार तिलक तामाङको उपचारका लागि प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । पत्रकार तामाङ सूर्याेदय टेलिभिजनमा आवद्ध छन् ।
टेलिभिजनको काम सकेर घर फर्किने क्रममा पत्रकार तामाङ भदौ २ गते मोटरसाइकल दुर्घटनामा परेका थिए । शनिश्चरे बजार नजिकै भएको दुर्घटनामा उनको खुट्टा भाँचिएको थियो ।
घाइते अवस्थाका तामाङलाई प्रतिष्ठानको बोर्ड बैठकले उक्त रकम उपचार सहयोगका लागि उपलब्ध गराउने निर्णय गरेको कार्यकारी निर्देशक यज्ञ शर्माले जानकारी दिए ।


















