- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
बिर्तामोड– झापाको मेचीनगरस्थित चारआली र बिर्तामोडको बुट्टावारी चिया बगान अगाडि तिहारको दिन हिजो राति भएका अलग–अलग सवारी दुर्घटनामा दुई जना किशोरको ज्यान गएको छ । उनीहरुमध्ये एक जना १६ र अर्का १८ वर्षका छन् ।
चारआलीको तेलिबारीस्थित पूर्व पश्चिम राजमार्गमा प्रदेश–१–०४–०१४ प ३३४५ र प्रदेश १–०४–००१ प ३९९५ नम्वरको मोटरसाइकल आपसमा जुध्दा दुर्घटना भएको हो । दुर्घटनामा मेचीनगर–८ का १८ वर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएको छ ।
टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठलाई उपचारका लागि बीएण्डसी टिचिङ हस्पिटल लगिएको थियो । घटनामा मोटरसाइकल चालक मेचीनगर–८ का अनिष गिरी घाइते भएका छन् । गिरीको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा छन् ।
घटनामा मोरङ उर्लाबारीका निकेश शिवकोटी पनि घाइते भएका छन् । उनको बायाँ खुट्टा भाँचिएको छ । उनी पनि बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछाडि सवार मेचीनगरका प्रविण मेचेको हात र खुट्टामा चोट लागेको छ ।
हिजो साँझ बुट्टावारीमा नम्बर नखुलेको रातो रंगको २२० सिसिको पल्सर मोटरसाइकल र प्र १–०१–०१४ प ६००७ नम्वरको स्कुटी आपसमा ठोक्किदा झापा मेचीनगर–१० का १६ वर्षीय मनिष कार्कीको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो । घटनामा उनका बाबु ४२ वर्षीय डिल्ली कार्की घाइते भएका छन् ।
घटनापछि मोटरसाइकल चालक झापा हल्दीवारी–४ का नरेश तामाङ फरार भएका छन् । उनको खोजतलास भइरहेको झापा प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार सोही ठाउँका पिजेश लामाको उपचार भइरहेको छ ।
















