- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामोड– नेकपा एमालेको १० औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ। महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।
पार्टी सदस्यबाट लेवी उठाउने निर्णय भएको महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले बताए । ‘एक जना सदस्यबाट एक सय उठाउने निर्णय भएको छ’, उनले भने ।
नेकपा एमालेको सदस्य सङ्ख्या सात लाख छ। यसबाट सात करोड रुपैयाँ उठ्ने अनुमान गरिएको छ। महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार उठाइने उनले जानकारी दिए।