- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
झापा– साहित्य चौतारी झापाले नेपालीको मौलिक परम्परा जोगाई राख्न दक्षिणारहित सामूहिक सडक देउसी आयोजना गरेको छ । नेपाली मौलिक भेषभूषा र बाजागाजासहित साहित्य चौतारीले बिर्तामोडमा आज सडक देउसी खेलेको हो ।


साहित्य, कला, संगीत र संस्कृतिको संरक्षणमा जुटेको साहित्य चौतारीले २०५८ सालदेखि हरेक वर्ष दक्षिणारहित सामूहिक सडक देउसी खेल्दै आएको छ । दक्षिणाका लागि देउसी खेलिने परम्पराको अन्त्य गर्दै साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण गर्न सामूहिक रुपमा सडक देउसी आयोजना गरिएको साहित्य चौतारी झापाका संरक्षक देवीभक्त श्रेष्ठले बताउनु भयो ।


परम्परागत शैलीमा देउसी भैलो खेल्ने चलन हराउँदै गएको अवस्थामा साहित्य चौतारीले लेखक तथा पत्रकार, कलाकार र सर्जकलाई जम्मा पारेर सडक देउसी खेलेको हो । अघिल्लो वर्ष कोरोना संक्रमणका कारण सामूहिक देउसी आयोजना गर्न नसकिए पनि यसपटक झापाका विभिन्न संघसंस्था देउसीमा सहभागी भएका छन् ।


प्राज्ञसभा सदस्य सुभद्रा अर्यालको प्रमुख आतिथ्यमा आयोजित सडक देउसीको बयोबृद्ध लोकनाथ पौडेलले परम्परागत शैलीमा देउसी भट्याएर उद्घाटन गर्नु भएको थियो । सहभागीहरुले बिर्तामोडको चोक चोकमा देउसी भट्याउँदै सांगीतिक प्रस्तुतिसहित सामूहिक नाचगान गरेको साहित्य चौतारीका सहसचिव देवीचरण भण्डारीले बताउनु भयो ।



संगीत विभाग प्रमुख दीपक रायमाझीले स्वागत गरेको कार्यक्रममा मिस झापा सेविका श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।
