१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

चीनमा चिया निकासीका लागि पहल



झापा– सरकारले नेपालमा उत्पादित चियाको अन्तर्राष्ट्रिय बजार सम्भाव्यता अध्ययन गर्दै छिमेकी मित्र राष्ट्र चीन उपयुक्त हुन सक्ने जनाएको छ । नेपाली चिया निकासीका लागि सरकारले चिनियाँ बजारबारे चासो राखेको हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णु भट्टराईले चिनियाँ बजारको सम्भाव्यताबारे अध्ययन गरी नेपाली चिया निकासीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

चिया निकासीका लागि सरकारी तहबाट सम्झौता हुनुपर्ने आवश्यकता औंल्याउँदै बाेर्डले चिनियाँ पक्षलाई पत्राचार गरेको छ । चिनिया पक्षको जवाफपछि थप प्रक्रिया अघि बढ्ने कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार ००:००  ८ : ३१ बजे