बिर्तामोड– झापा बिर्तामाेडकाे शिखर बचत तथा ऋण सहकारी संस्थाले अब आफ्नै भवनबाट सेवा दिने भएको छ। सहकारीले कार्यालय सञ्चालनका लागि घर किनेकाे हाे ।
- ‘हामी आउँदैछौं’ अभियानमा रास्वपा, स्थानीय तह निर्वाचन लक्षित परिचालन
- चारपाने युनाइटेड सेमिफाइनलमा
- भोटेकोशी -त्रिशूलीको खोज तथा उद्धार स्थगि
- पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
- बाढीपीडितका लागि झापाका निजी विद्यालयले जुटाए १ करोड ८ लाख
भद्रपुर राेडमा १७ धुर जग्गामा बनेको साढे तीन तलाकाे घर शिखर सहकारीले दुई करोड १८ लाख रुपैयाँमा किनेको संस्थाका अध्यक्ष दीपेन्द्र राउतले बताए ।
संस्थाकाे भवन लक्ष्मी पूजाको अवसर पारेर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रदेश सहकारी कार्यालयका रजिष्टार बलराम निरौलाले कार्यालय भवनको उद्घाटन गर्ने छन् । शिखरमा ७७२० जना सदस्य छन् । ५ करोड १८ लाख शेयर छ । संस्थामा ३५ जना कर्मचारी छन् ।
शिखर बचत असोज २२ गते १० वर्ष पूरा गरी ११ बर्षमा प्रवेश गरेको छ । ४४ जना शेयर सदस्यको ४४ हजार शेयर पूँजीबाट शिखर सुरुवात भएको थियो ।
शिखरको बचत ६५ करोड १५ लाख ९ हजार ७ सय ८७ रुपैयाँ छ । ऋण लगानी ६२ करोड ६३ लाख ४० हजार २ सय ८९ रुपैयाँ छ भने खुद नाफा १ करोड ४२ लाख ३३ हजार रहेको छ । सदस्यलाई कोरोनाको समयमा संस्थाबाट १३ लाख व्याज छुट गरिएको छ ।




















