- लीला अनमोललाई ‘मनोजबाबु ओली साहित्य पुरस्कार’
- झापा रक स्टारको ग्र्याण्ड फिनाले असार २६ गते
- अर्जुनधारामा दुई करोडको व्यावसायिक लन्ड्री उद्योग
- ड्रक्स खाएर बस चलाउने ५ जना चालक पक्राउ
- वित्तीय कारोवारमा सिम्रिक सहकारी उत्कृष्ट
बिर्तामोडः सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमित सदस्य र पीडित परिवारलाई झण्डै दुई करोड आर्थिक सहायता उपलब्ध गराएको छ । बिर्तामोडमा आज आयोजित कार्यक्रमका बीच सहयोग रकम उपलब्ध गराइएको हो ।
कोभिडबाट पीडित सदस्यलाई १ करोड ९३ लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरिएको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए । कोरोना संक्रमणका कारण सहाराले १३ जना सदस्य गुमाएको थियो ।
संक्रमणपपछि मृत्यु भएका १४ जना सदस्यलाई सहाराले २७ लाख हस्तान्तरण गरेको छ । सहाराले २३ सय कोभिड संक्रमित सदस्यलाई घरमा पुगेर प्रतिव्यक्ति २ हजारका दरले ४६ लाख बराबरको पोषण सामग्री वितरण गरेको छ ।
कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा बसेका ९७८ जना सदस्यलाई १४ दिनको ५ सयका दरले ६८ लाख ४६ हजार रकम उपलब्ध गराइएको छ । संस्थाले कोभिड संक्रमित भई अस्पताल भर्ना भएका ३९ जना सदस्यलाई ५२ लाख रुपैयाँ उपचार खर्च भुक्तानी गरेको छ ।
कोभिड सहायता कार्यक्रममा विर्तामोड नगरपालिकाको उपप्रमुख पवित्रा महताराले सदस्यलाई प्रतिनिधिमुलक तरिकाले रकम हस्तान्तरण गरेकी हुन् । उनले सहारा अन्य सहकारी भन्दा भिन्न र रचनात्मक भएको बताइन् ।


















