- अर्जुनधाराको बजेट ८९ करोड ८५ लाख : कृषि र पूर्वाधारमा जोड
- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
झापा– नेपाल प्रहरीमा पछिल्लो चार वर्षयता एक हजार ७७ जना बिदामा बसेका प्रहरी कर्मचारी जागिर छोडेर भागेका छन् । जागिर माया मारेर अन्यन्त्रै काममा लागेको पत्तो पाएपछि उनीहरूलाई प्रहरी प्रधान कार्यालयले बर्खास्त गरेको छ। भाग्नेमा सबैभन्दा बढी तल्लो दर्जाका प्रहरी कर्मचारी छन्।
बिदा मागेर भागेकामध्ये प्रहरी उपरीक्षक, प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षक पनि छन्। तोकिएको समयमा कार्यालयमा उपस्थिति नभएपछि उनीहरूलाई बर्खास्त गरिएको छ। जागिरमा नफर्किएर प्रहरीको भगौडा सूचीमा परेकाहरूको खोजतलास गरी प्रहरी प्रधान कार्यालयले बर्खास्त गरेको हो।



















