- झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री
- कनकाईमा मोटरसाइकल दुर्घटना : सिटौलाको मृत्यु
- कार्तिक २९ गते बिर्तामोडमा जनसभा गर्ने एमालेको तयारी
- जेनजी आन्दोलनमा झापाका प्रहरी कार्यालयमा आगो लगाउने १२ जना पक्राउ
- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
झापा– नेपाल प्रहरीमा पछिल्लो चार वर्षयता एक हजार ७७ जना बिदामा बसेका प्रहरी कर्मचारी जागिर छोडेर भागेका छन् । जागिर माया मारेर अन्यन्त्रै काममा लागेको पत्तो पाएपछि उनीहरूलाई प्रहरी प्रधान कार्यालयले बर्खास्त गरेको छ। भाग्नेमा सबैभन्दा बढी तल्लो दर्जाका प्रहरी कर्मचारी छन्।
बिदा मागेर भागेकामध्ये प्रहरी उपरीक्षक, प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षक पनि छन्। तोकिएको समयमा कार्यालयमा उपस्थिति नभएपछि उनीहरूलाई बर्खास्त गरिएको छ। जागिरमा नफर्किएर प्रहरीको भगौडा सूचीमा परेकाहरूको खोजतलास गरी प्रहरी प्रधान कार्यालयले बर्खास्त गरेको हो।














