• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाज
  3. इलामका बाढी पीडितलाई राहत रकम
 इलामका बाढी पीडितलाई राहत रकम
समाज

इलामका बाढी पीडितलाई राहत रकम

by Speak १४ कार्तिक २०७८, आईतवार ०९:३५
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

इलाम– इलाममा बाढी पहिरोपीडित परिवारलाई राहत वितरण गर्न थालिएको छ । कात्तिक २ र ३ गते वर्षाका कारण ज्यान गुमाएका परिवारलाई सरकारका तर्फबाट राहत वितरण शुरु भएको हो ।

देउमाई नगरपालिका–४ मा लुतिमाई खोल्सीले बगाउँदा मृत्यु भएकी ४७ वर्षीया सरिता आचार्यको परिवारलाई दुई लाख उपलब्ध गराइएको छ । घटनामा उनका श्रीमान् दीपक भने भाग्न सफल भएका थिए ।

पीडित परिवारको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कासहितको टोलीले रकम हस्तान्तरण गरेको हो । त्यस्तै देउमाई नगरपालिकाको तर्फबाट पीडित परिवारलाई ५० हजार प्रदान गरिएको छ ।

जिल्लामा बाढीपहिरोबाट १८ जनाले ज्यान गुमाएका थिए । मृतक सबैको घरमा पुगेर राहत प्रदान गरिने खड्काले जानकारी दिए ।

बाढीपहिरोबाट फाकफोकथुम–६, माङसेवुङ गाउँपालिकामा चार, सूर्योदय नगरपालिकामा तीन तथा माई नगरपालिका र देउमाई नगरपालिकामा एक÷एक जनाको ज्यान गएको थियो ।

बाढीपहिरोबाट जिल्लामा दुई सय ८५ परिवार विस्थापित भएका छन् । यस क्रममा पाँच जना घाइते भएका थिए भने नौ जनाको जीवितै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढीपहिरोका कारण छ सय ४४ घरगोठमा क्षति पुगेको छ । १९ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ । जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण सार्वजनिक गरेको छ

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.