- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
इलाम: देउमाई नगरपालिकामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन्। देउमाई–५ बारुङका ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता र छोरी १६ वर्षीया शिक्षाको हत्या गरेको प्रहरीले जनाएको छ।
आफू धामी भएको भन्दै चिन्ता बस्ने क्रममा कमलले पत्नी र छोरीको टोकेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।
‘रोग निको पार्ने भन्दै पहिला श्रीमतीलाई जथाभावी टोकेपछि मृत्यु भएको देखिन्छ’ श्रेष्ठले भने ‘पछि छोरीलाई समेत गरेपछि उनको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।’
छोरी र श्रीमतीको हत्याको बारेमा गाउँलेले थाहा पाएपछि कमललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी श्रेष्ठले जानकारी दिए।