- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामोड– विश्व पोलियो दिवसको अवसरमा झापाका रोटरी क्लवको आयोजनामा बिर्तामोडमा सचेतना र्यालीसहित मास्क बितरण गरिएको छ ।
रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, रोटरी क्लव अफ बिर्तामोड, रोटरी क्लव अफ सुरूङ्गा, रोटरी क्लव अफ भद्रपुर, रोटरी क्लव अफ दमक, रोटरी क्लव अफ काँकडभिट्टा र रोटरी क्लव अफ मेचीनगर, रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउन, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउन लगायतको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
र्यालीले बिर्तामोड नगर परिक्रमा गरेको थियो । पोलियो उन्मूलन गरौं भन्ने नारा लेखिएको टिसर्टसहित र्यालीमा सहभागी रोटरियनहरुले बिर्तामोडमा मास्कसमेत वितरण गरेको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट दिनेशकुमार पोखरेलले बताए ।
कार्यक्रम विश्व पोलियो दिवस र्याली ब्यवस्थापन समितिका संयोजक विनोद वस्नेतको संयोजकत्वमा भएको थियो । रोटरी इन्टरनेशनलको पहलमा २४ अक्टोबरका दिन पोलियो दिवस विश्वभर मनाउन सुरु गरिएको हो ।