इलाममा पहिरोमा पुरिएर ११ जनाको मृत्यु
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
इलाम– इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण आएको भेलले बगाएर थप एक र रुखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पहिरोमा परेर दुईजना वेपत्ता र चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
बाढी पहिरोको कारण अधिकांश चुरे क्षेत्र रहेको मांसेबुङ गाउँपालिकामा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ भने त्यहाँका दुईजना बेपत्ता छन् । प्रहरीका अनुसार फाकफोकथुम गाउँपालिकामा एकैघरका ४ सहित ६ जनाको मृत्यु भएको छ ।
फाकफोकथुम १ की ३० वर्षीया बिना शेर्मा, १४ वर्षीय आइतबहादुर राई, ८६ वर्षीय नैनसिंह कटवाल, ७५ वर्षीय रणजता थापा, १५ वर्षीया निशाना कटवाल र १२ वर्षी निश्चित कटवालको मृत्यु भएको छ। उनीहरू सबैको पहिरोमा परी मृत्यु भएको हो।
माङ्सेबुङ गाउँपालिका ६ का ५३ वर्षीय हरिप्रसाद राई, २९ वर्षीया कविता राई, सूर्योदय नगरपालिका–३ की ४९ वर्षीया नारायणीदेवी मोते, ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षी विशाल तामाङको पनि पहिरोमा परी ज्यान गएको छ ।
देउमाई नगरपालिका–२ की सरिता आचार्यको स्थानीय लुटिमाया खोलाले बगाएर र माइ नगरपालिका–३ की २५ वर्षीया तेजमाया राईको स्थानीय वेतेनी जंगलमा रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
माङ्सेबुङ ६ की ८२ वर्षीया रनश्वरी राई र त्यहीकी ५३ वर्षीया हरिमाया राई पहिरोमा बेपत्ता रहेको प्रहरीको भनाइ छ । पहिरोमा परेर मांसेबुङ ६ चिसापानीका जमन राई र भक्तबहादुर राई, फाकफोकथुम १ ठिंगेपुरका नरबहादुर सेर्मा र खगेन्द्र सेर्मा घाइते भएको प्रहरीले जनाएको छ ।
मानवीय क्षत्रीसँगै माङ्सेबुङ गाउँपालिकामा रहेका पक्की पुल र बाटो घाटोमा ठुल्ठुलो क्षति भएको गाउँपालिका अध्यष डिकेन्द्र इदिंगोले बताए। बुधबार बिहानदेखि भने वर्षा रोकिएको छ । अन्नपूर्णबाट