१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

पहिरोमा पुरिएर दमकका तीन जनाको मृत्यु



झापा– धनकुटामा पहिरो जाँदा पाहुना गएका झापाको दमकका एकै परिवारका तीन जनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठ छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायले उनीहरूको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। उनीहरू चौविसै गाउँपालिका-१ गढिरेका भीमबहादुर श्रेष्ठकाे घरमा पाहुना गएका थिए।

पहिरोमा घरधनी ६० वर्षीय भीमबहादुरसहित ९ वर्षीय नाति विनोद श्रेष्ठ र ५ वर्षीया नातिनी निर्जला श्रेष्ठले पनि ज्यान गुमाएको डीएसपी रायले जानकारी दिए । प्रदेश १ मा मात्रै बाढी पहिरोमा २२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार ००:००  १० : ४६ बजे