धरान–धनकुटा सडक पूर्ण रुपमा अवरुद्ध
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
धनकुटा–अविरल वर्षाले लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । धरान–धनकुटा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिकाको फेदीमा करिव ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईले बताइन्। मंगलबार दिउँसो ४ बजेतिर पानीको वहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भइ कोशी राजमार्गमा बाढी पसेको थियो।
उनका अनुसार क्षति भएको सडकसम्म जाने स्थिति नै छैन। खोला उर्लिएको छ। बाटो बगाएपछि सडक पुरै अवरुद्ध छ। धरानदेखि आएका र धनकुटाबाट गएका सयौं गाडी बाटोमा नै रोकिएका छन्। यात्रुहरु अलपत्र परेका छन्। पानीको वहाव बढेको कारण सडक अझै क्षति हुने सम्भावना रहेको उनले बताइन्।
तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति छैन। जसको कारण चाडै सडक खुल्ने सम्भावना छैन्। अविरल रुपमा पानी परिरहेको कारण राजमार्गका वरपरि पहिरोको सम्भावना बढेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले कोशी राजमार्गको विभिन्न ठाउँमा पहिरो गइरहेको बताए। सदरमुकाम मास्तिर सल्लेरीमा रुख ढल्दा बाटो अवरुद्ध बनेको छ। त्यहाँ सुरक्षाकर्मी र स्थानीयले रुख पन्छाएका छन्। ठाउँठाउँमा रुख ढलेका छन्।