
विद्यार्थीले घरमै पाउने भए शैक्षिक प्रमाणपत्र
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
झापा– त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीले शैक्षिक प्रमाणपत्र पाउनका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ । अनलाइनबाट सबै प्रक्रिया पूरा गरेका विद्यार्थीलाई विश्वविद्यालयले घरमै प्रमाणपत्र पठाउने व्यवस्था मिलाएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट हरेक वर्ष एक लाख भन्दाबढी विद्यार्थीले स्नातकदेखि विद्यावारिधिसम्म हासिल गर्छन् । उनीहरुले प्रमाणपत्र पाउनका लागि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा धाउनुपर्ने बाध्यता छ ।
विद्यार्थीको बाध्यतालाई बुझेर विश्वविद्यालयले अनलाइनमार्फत प्रक्रिया पूरा गरेका विद्यार्थीलाई घरमै प्रमाणपत्र पाउने व्यवस्था मिलाएको हो । त्यसका लागि सफ्टवेयर र जनशक्ति व्यवस्थापन भइसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
विश्वविद्यालयले विद्यार्थीका लागि दिँदै आएका ११ प्रकारका सबै सेवा अनलाइन प्रविधिबाट उपलब्ध गराइने जनाइएको छ । सबै प्रक्रिया पूरा गरेका विद्यार्थीलाई कार्यालयले हुलाकमार्फत प्रमाण पत्र पठाउने व्यवस्था मिलाएको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले बताए ।