१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

चीनले दिने भयो थप २० लाख डोज कोरोना विरूद्धको खोप



झापा– चीन सरकारले नेपाललाई थप २० लाख डोज कोरोना विरूद्धको खोप उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भएको टेलिफोन सम्वादमा यस्तो सहमति भएको हो।

मंगलबार भएको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार ००:००  ५ : २९ बजे