- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
झापा–सरकारले २९ असारमा असोज मसान्तसम्म खोप लगाउन योग्य एक तिहाइ नेपालीलाई खोपको पूर्ण मात्रा लगाइसक्ने र आगामी चैत मसान्तसम्म सबैलाई खोप लगाइसक्ने घोषणा गरेको थियो।
तर, ३१ असोजसम्म ६४ लाख ६९ हजार १५९ जनाले खोपको पूर्ण मात्रा पाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो सङ्ख्या खोप लगाउन योग्य कुल नागरिकको ३० प्रतिशतभन्दा कम हो। मन्त्रालयका अनुसार, खोपको पहिलो मात्रा पाउनेहरू भने ८३ लाख ८८ हजार ४०२ जना छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी खोपमा सरकारले प्रारम्भिक सफलता हासिल गरे पनि केही चुनौतीहरू अझै बाँकी रहेको बताउँछन्। “तर, चैतभित्र सबै नागरिकले खोप पाउने कुरा चुनौतीपूर्ण छ,” डा. मरासिनी भन्छन्।