- बिर्तामोडबाट ९० वर्षीय साहु र ४२ वर्षीया मियाको उद्धार
- कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना
- कोशीमा जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा ६ जनाको मृत्यु
- कोशीमा एमाले-नेकपा भागबन्डा पेचिलो
- झापामा एक वर्षमा २४ हजार चालक कारबाही
झापा–सरकारले २९ असारमा असोज मसान्तसम्म खोप लगाउन योग्य एक तिहाइ नेपालीलाई खोपको पूर्ण मात्रा लगाइसक्ने र आगामी चैत मसान्तसम्म सबैलाई खोप लगाइसक्ने घोषणा गरेको थियो।
तर, ३१ असोजसम्म ६४ लाख ६९ हजार १५९ जनाले खोपको पूर्ण मात्रा पाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो सङ्ख्या खोप लगाउन योग्य कुल नागरिकको ३० प्रतिशतभन्दा कम हो। मन्त्रालयका अनुसार, खोपको पहिलो मात्रा पाउनेहरू भने ८३ लाख ८८ हजार ४०२ जना छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी खोपमा सरकारले प्रारम्भिक सफलता हासिल गरे पनि केही चुनौतीहरू अझै बाँकी रहेको बताउँछन्। “तर, चैतभित्र सबै नागरिकले खोप पाउने कुरा चुनौतीपूर्ण छ,” डा. मरासिनी भन्छन्।


















