- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
ढल्केवर : भाउजूले दिएको केराले आफ्नी श्रीमतीको गर्भ तुहिएको भन्दै देवरले भाउजूको हत्या गरेको खुलेको छ। महोत्तरी गाउँपालिका-३ मडैकी शिलादेवी झाको हत्या भएको हो।
कान्छो देवर ४२ वर्षीय सञ्जयकुमार झाले भाउजूले तन्त्रमन्त्र गरेर केरा दिएपछि गर्भ तुहिएको भन्दै हत्या गरेको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी शिलादेवीको हत्या आरोपमा देवर झालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
गत बुधबार राति आफनै घरमा सुतिरहेकी शिलादेवीको शव हत्या गरिएको अवस्थामा बिहिबार बिहान ओछ्यानमै फेला परेको थियो। सञ्जयले शिलादेवीको टाउकोमा हथौडाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको महोत्तरीका एसपी दिनेश आचार्यले बताए।
प्रहरीका अनुसार सञ्जय जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाडा टोलमा बसेर ज्यालादारीको काम गर्दै आएका थिए। बुधबार साँझ उनी जनकपुरबाट साइकलमा मडैस्थित घर पुगेका थिए।
बिहीबार बिहान ३ बजेको समयमा शिलादेवी सुतिरहेकै अवस्थामा सञ्जयले उनको टाउकोमा हथौडाले तीनपटक हानेर हत्या गरी पुन: साइकलमै जनकपुर फर्किएको अनुसन्धानमा खुलेको एसपी आचार्यले बताए।
शिलादेवीका पति लालकिशोर झा र माइलो छोरा कृष्ण झाको मृत्यु भइसकेको छ।
प्रहरीका अनुसार तीन महिनाअघि असारमा सञ्जयको विवाह भएको थियो। त्यस पश्चात शिलादेवीसँगै सगोलमा सञ्जय र उनकी पत्नी रिंकी बस्ने गरेका थिए। त्यसैक्रममा शिलादेवीले देवरानी रिंकुलाई केरा खान दिएकी थिइन्। त्यस रात रिंकुको गर्भ तुहिएको थियो।