वडा सदस्यकाे मृत्युपछि राेङ गाउँपालिकामा शोक बिदा
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड– इलामको राेङ गाउँपालिका-१ की वडा सदस्य जयकला चाम्लिङको निधन भएको छ । आज बिहान उनको निधन भएको गाउँपालिका कार्यालयले जनाएको हो ।
गाउँपालिका कार्यालयले सार्वजनिक सूचना जारी गरी आज शाेक बिदाको घाेषणा गरेको छ । गाउँपालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्था सबै बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रयास दाहालले बताए।