- निवर्तमान सभामुख देवराज घिमिरेद्वरा बाल कल्याण आधारभूत विद्यालयबाट मतदान
- आफ्नो विजय सुनिश्चित भएको घिमिरेको दाबी : परिणामको पर्खाइमा रहेको प्रतिक्रिया
- महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति
- कांग्रेसको प्रतिज्ञा : वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना
- पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ आयोजना हुने
झापा– गृह मन्त्रालयले आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रीस्तरीय निर्णयबाट आइतवार सिडिओको जिम्मेवारी हेरफेर गरिएको हो ।
गृह मन्त्रालयले किरण थापालाई कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएको छ। त्यस्तै पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरिप्रसाद घिमिरे, सिन्धुपाल्चोकमा वेदनिधि खनाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
डोल्पामा वेदनिधि अधिकारी, मुस्ताङमा नेत्रप्रसाद शर्मा, लमजुङमा श्रीनाथ पौडेल र स्याङजामा राजुप्रसाद पौडेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो।
गृहले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र स्याङजाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई मन्त्रालयमा तानेको छ।
गृहले डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् प्राधिकरणमा सरुवा गरेको छ।















