- झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन
- शरणार्थी नेता रिजाललाई धरौटीमा रिहा गर्न आदेश
- ११ महिनामा नेपाल भित्रिए नौ लाख विदेशी पर्यटक
- हारेर पनि समूह बिजेता बन्यो झापा गाउँपालिका
- शब्दपत्र डटकमका सम्पादक पुरी पुरस्कृत
झापा– गृह मन्त्रालयले आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रीस्तरीय निर्णयबाट आइतवार सिडिओको जिम्मेवारी हेरफेर गरिएको हो ।
गृह मन्त्रालयले किरण थापालाई कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएको छ। त्यस्तै पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरिप्रसाद घिमिरे, सिन्धुपाल्चोकमा वेदनिधि खनाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
डोल्पामा वेदनिधि अधिकारी, मुस्ताङमा नेत्रप्रसाद शर्मा, लमजुङमा श्रीनाथ पौडेल र स्याङजामा राजुप्रसाद पौडेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो।
गृहले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र स्याङजाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई मन्त्रालयमा तानेको छ।
गृहले डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् प्राधिकरणमा सरुवा गरेको छ।