दुर्घटनामा समाजवादी पार्टीका जिल्ला अध्यक्ष रेग्मी घाइते
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड– नेकपा एकीकृत समाजवादी पार्टीका झापा जिल्ला अध्यक्ष वेदराज रेग्मी मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् ।
मलामी पुगेर बाह्रदशीको चकचकीस्थित घर फर्कदै गर्दा उनी चढेको मोटरसाइकल आज साँझ बाह्रदशी-७ मा दुर्घटनामा परेको हो । बाटो काट्दै गरेकी बृद्धालाई जोगाउन खोज्दा उनी सवार मोटरसाइकल पल्टिएको थियो ।
घाइते रेग्मीको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको उनका भतिज तेजप्रसाद रेग्मीले बताए । घाइते रेग्मीको अनुहारमा चोट लागेको र अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए ।