- लीला अनमोललाई ‘मनोजबाबु ओली साहित्य पुरस्कार’
- झापा रक स्टारको ग्र्याण्ड फिनाले असार २६ गते
- अर्जुनधारामा दुई करोडको व्यावसायिक लन्ड्री उद्योग
- ड्रक्स खाएर बस चलाउने ५ जना चालक पक्राउ
- वित्तीय कारोवारमा सिम्रिक सहकारी उत्कृष्ट
बिर्तामोड– नेकपा एकीकृत समाजवादी पार्टीका झापा जिल्ला अध्यक्ष वेदराज रेग्मी मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् ।
मलामी पुगेर बाह्रदशीको चकचकीस्थित घर फर्कदै गर्दा उनी चढेको मोटरसाइकल आज साँझ बाह्रदशी-७ मा दुर्घटनामा परेको हो । बाटो काट्दै गरेकी बृद्धालाई जोगाउन खोज्दा उनी सवार मोटरसाइकल पल्टिएको थियो ।
घाइते रेग्मीको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको उनका भतिज तेजप्रसाद रेग्मीले बताए । घाइते रेग्मीको अनुहारमा चोट लागेको र अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए ।


















