झापा– नेकपा एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशनमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी जिम्मेवारी तोकिएको हाे ।
एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको हैसियत दिइएको छ । खनालले विदेश विभाग प्रमुखको जिम्मेवारी पनि पाएका छन् ।