- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
बिर्तामोड– नेकपा एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन गर्ने भएको छ । नेकपा एकतापछि अधिवेशन नभएका कारण एकैपटक कात्तिक ६ गते देशभरका ६ हजार ७४५ वडामा नयाँ नेतृत्व चयन हुन लागेको हो ।
मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ ।
अधिवेशन तथा नेतृत्व चयन विधिका बारेमा केन्द्रबाट मापदण्ड पठाइने केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाङले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।
एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ । त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट हुन्छन् ।
वडा कमिटीमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुने तामाङले बताए । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।