- झापासहित २६ जिल्ला सर्पदंशको उच्च जोखिममा
- साउदी जान शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य
- निर्माण भएको ४० वर्षपछि माइधार दोमुखा सडक कालोपत्र
- डोमालाल राजवंशी रङ्गशालाई ५० लाख रुपैयाँ बजेट
- कमल गाउँ सभापति न्यौपानेद्वारा काङ्ग्रेस परित्याग
बिर्तामोड– बिर्तामोडको मुक्तिचोक वरपर आजभोलि फोहोरको थुप्रो देखिन्छ । फोहोर व्यवस्थापनका लागि सरोकारवाला गम्भीर नबन्दा बजार क्षेत्रभित्र फोहोरको थुप्रो देखिन थालेको हो ।
दसैं बिदाका कारण फोहोर उठ्न नसकेको बहानाबाजी भए पनि बिर्तामोडमा फाेहाेर थुप्रिने क्रम बढ्दै गएको छ । समयमा फाेहाेर व्यवस्थापन गर्न आनाकानी गर्ने सरोकारवालाको नियमित कार्यशैली आलोचनाको घेरामा पर्दै आएको छ ।
दशैंमा आउजाउ गर्नेहरुले टिप्पणी गर्दै भनेका छन्, आखिर बिर्तामोडमा थुप्रिरहेको फोहाेरले कसलाई गिज्याइरहेको छ ? यसको जवाफदेहिता वहन गर्ने दायित्व कसको हो ?
