- प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा वरिष्ठताको आधार तोडियो : बस्नेतले जनाए आपत्ति
- समाज सुधार दिवसको अवसरमा बिर्तामोडमा दीप प्रज्वलन
- विवादमा तानिए गायक रामकृष्ण ढकाल
- पत्रकार महासङ्घ झापाको साधारणसभा : विज्ञापन नीतिप्रति तीव्र असन्तुष्टि
- बालक्लबका पदाधिकारीलाई प्रतिवेदन लेखन तालिम
झापा– सप्तरीमा हिजाे भएको दुर्घटनामा झापाका दुई जनाले ज्यान गुमाएका छन् । सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स. ५ प ८४३४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुवै मोटरसाइकलमा सवार एक÷एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
।
दुर्घटनामा बा. ५६ प २५१५ नम्बरको मोटरसाइकलमा सवार शिवसतासी नगरपालिका-६ बस्ने २२ वर्षीय विवेक सापकोटा र स. ५ प ८४३४ नम्बरको मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २१ का दयारामसिंह राजवंशीको मृत्यु भएको छ ।
महोत्तरीको मटिहानी नगरपालिका–७ बस्ने ३५ वर्षीय चन्दनकुमार साह गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारार्थ विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भएको छ ।
















