• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. एमाले अध्यक्ष ओली भन्छन्, ‘लोकतन्त्रको माला जपेर लुटतन्त्र मच्चाउन पाइँदैन्’
 एमाले अध्यक्ष ओली भन्छन्, ‘लोकतन्त्रको माला जपेर लुटतन्त्र मच्चाउन पाइँदैन्’
राजनीति

एमाले अध्यक्ष ओली भन्छन्, ‘लोकतन्त्रको माला जपेर लुटतन्त्र मच्चाउन पाइँदैन्’

by Speak २८ आश्विन २०७८, बिहीबार १५:४४
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बिर्तामोड-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको माला जपेर लुटतन्त्र मच्चाउन नपाइने बताएका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारप्रति लक्षित गर्दै एमाले अध्यक्ष ओलीले उक्त धारणा राखेका हुन् ।

बडादशैं लगायतका चाडपर्वको अवसरमा आज आफैंले झापाको बिर्तामोडमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतान्त्रिक विधि र प्रक्रिया विपरीत सरकार सञ्चालन भएको दाबी गरे ।

लेनदेन र भागवण्डाका आधारमा सरकार सञ्चालन भएको स्पष्ट भएको बताउँदै एमाले अध्यक्ष ओलीले भने, ‘वर्तमान सरकार बार्टर सिस्टममा चलेको छ ।’ लोकतान्त्रिक प्रणालीका शक्ति र निकायहरु आफ्नै स्थान, मर्यादा र सीमामा बस्नुपर्ने अध्यक्ष ओलीले बताए ।

प्रतिपक्षी दल, गरीब, भूमिहीन तथा सुकुम्बासी माथि सरकारले दमन जारी राखे विद्रोह जन्मने चेतावनी दिँदै एमाले अध्यक्ष ओलीले अब कसैले पनि अन्याय नसहने भएकाले यसमा सत्तारुढ दल सजग र सचेत हुनुपर्ने औँल्याए ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.