भद्रपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भर्खर गृहजिल्ला झापा आएका छन् । बडादशैं लगायतका चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष ओली झापा आइपुगेका हुन्।
अध्यक्ष ओलीलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताले भद्रपुर विमानस्थलमा भव्य स्वागत गरेका छन् । विमानस्थलबाट अध्यक्ष ओली सिधै आफैंले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बिर्तामोडका लागि हिँडेका छन् ।
२७ वर्षदेखिको निरन्तरता कायम राख्दै अध्यक्ष ओलीले बडादशैंको नवमीका दिन आफैंले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका हुन् । नेकपा एमाले झापाको व्यवस्थापनमा भइरहेको कार्यक्रममा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका नेतालाई समेत आमन्त्रण गरिएको छ ।