- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
सल्यान : मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन्। जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ।
घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
मङ्गलबार राति करिब १० बजेतिर घटना घटेको प्रहरीको भनाइ छ। प्रहरीले घटनामा सङ्लग्न भएको आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ।


















