१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

भद्रपुरमा सवारी दुर्घटना : साइकल यात्रीको मृत्यु



बिर्तामोड– झापाको भद्रपुर-४ रंगेडाँडामा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएकाे छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६६३ नम्वरको सेफ्टी ट्याङ्कीको गाडीले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

घटनामा साइकल यात्री झापा भद्रपुर-६ का ६० वर्षीय महेशसिंह राजवंशीकाे उपचारका क्रममा ओम साइ पाथिभरा हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले सेफ्टी ट्याङकी चालक भद्रपुर- १० बस्ने २१ वर्षिय आमसमणी टुडुलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार ००:००  ४ : २६ बजे