एमाले अध्यक्ष ओली भोलि झापा आउँदै
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि गृहजिल्ला झापा आउने भएका छन् । बडादशैं लगायतका चाडपर्वको अवसरमा आफैंले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सरिक हुन अध्यक्ष ओली झापा आउने कार्यक्रम तय भएको हाे ।
अध्यक्ष ओलीले वर्षेनि आफ्नै आयोजनामा बडादशैंको नवमीका दिन नेता कार्यकर्ता र शुभेच्छुकका लागि चियापान कार्यक्रम गर्दै आएका छन् । अघिल्लोपटक कोरोना संक्रमणका कारण चियापान कार्यक्रम आयोजना हुन नसके पनि यसपटक बिर्तामोडमा कार्यक्रम आयोजना गरिएको छ ।
अध्यक्ष ओलीले बिर्तामोडको सिटी सेन्टरमा नेता कार्यकर्तालाई सम्बोधन गर्ने र शुभकामना दिने जनाइएको छ । सोही अवसरमा चियापान कार्यक्रम पनि आयोजना गरिएको छ । एमाले झापाको व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो ।