- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
इटहरी : सुनसरीको इटहरीमा मंगलबार राती भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । अन्य ६ जना घाइते भएका छन् ।
एउटा ट्रकले कार र सिटी सफारीलाई ठक्कर दिँदा सफारीमा सवार इटहरी ५ का २३ वर्षिय इश्वर राउतको ज्यान गएको हो । टाउकोमा चोट लागेका उनको उपचारको क्रममा विराट नर्सिङ होममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख २९२४ नम्बरको ट्रकले इटहरी ५ स्थित महेन्द्र राजमार्गमा प्र १–०२–२२३ ह १४३६ नं. को सिटी सफारीलाई ठक्कर दिएको थियो ।
भाग्ने क्रममा तीव्र गतीमा रहेका कारण इटहरी १६ बालग्राममा प्र ३–०१–०२४ च ९७२२ नं. को कारलाईसमेत ट्रकले ठक्कर दिएको थियो । कारमा सवार रामधुनी ३ का ३० वर्षिय दीलिपकुमार चौधरी गम्भीर घाइते भएका छन् ।
घाइते भएका कार चालक स्थानीय ३० वर्षिय सन्दीप राउत, ३५ वर्षिय नगेन्द्र गुरुङ, रामधुनी ५ का २४ वर्षिय सौगात अधिकारी, ३५ वर्षिय सुमन मगर, सिटी सफारी चालक झापा दमक ७ बस्ने वर्ष ३४ को हेमन्त बिकको उपचार भइरहेको प्रहरीले जनाएको छ ।