- झापा आइपुगे एमाले अध्यक्ष ओली
- माघ महिनाका लागि निक्षेपको ब्याजदरमा कटौती
- राष्ट्रिय परिवर्तन पार्टीद्वारा झापा ५ मा उम्मेदवारी दिने घोषणा
- इस्टर्न साहाराद्वारा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित
- हल्दीबारी जेसीजमा नितेश खरेलको नेतृत्वमा नयाँ कार्यसमिति
बिर्तामोड– झापाका पत्रकार सन्तोष आचार्यले रिडर्स गफ नामक निबन्ध सङ्ग्रह प्रकाशनमा ल्याएका छन् । मिडिया रिसर्च सेन्टरको प्रकाशनमा पत्रकार आचार्यको निबन्ध सङ्ग्रह बजारमा आएको हो ।
राजनीति र पत्रकारितामा उत्तिकै सक्रिय आचार्यको यो पहिलो कृति हो । पत्रकार आचार्य विचार मञ्च अनलाइनका सम्पादक एवम् सूर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता हुन् ।
निबन्ध सङ्ग्रहको मंगलवार झापाका अग्रज प्रगतिशील साहित्यकार पुण्यप्रसाद खरेल र पत्रकार तथा लेखक रिडर्स झापाका संस्थापक अध्यक्ष उज्वल प्रसाईले संयुक्तरुपमा लोकार्पण गरेका छन् ।
झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आयोजित समारोहका बीच निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । निबन्ध सङ्ग्रहको भाषा सम्पादन जनार्दन दाहालले गरेका छन् ।
समाचारको माध्यमबाट व्यक्त गर्न नसकिएका तर समाजका लागि भन्नैपर्ने विषयलाई समेटेर पत्रकार आचार्यले रिडर्स गफ स्तम्भमार्फत आफ्ना विचार प्रवाहित गर्दै आएका थिए । तिनै विचारहरूको सङ्गालोको रुपमा रिडर्स गफ निबन्ध सङ्ग्रह तयार भएको हो ।
साहित्यकार खरेल निबन्ध सङ्ग्रहले समाजका धेरै पाटोलाई समेटेको बताउँदै विकृति र विसंगतिविरुद्ध आवाज उठाएको बताउँछन् । पत्रकार प्रसाईले रिडर्स झापाले लेखकहरू जन्माउने अभियानमा पनि सफलता प्राप्त गरेको जनाउँदै झापाको पत्रकारिता क्षेत्रमा अझै यो पर्याप्त नभएको बताए ।

अब्बल लेखन क्षमता भएका पत्रकार प्रसाईले झापाका विषय र सवालहरुलाई स्थानीय सञ्चारमाध्यमले प्राथमिकतामा राख्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै केही सवालको उदाहरण दिएर पत्रकारले नभई पुलिसले समाचार लेखिरहेको बताए ।
मिडिया रिसर्च सेन्टरका अध्यक्ष तीर्थ सिग्देलकाे अध्यक्षतामा भएको बिमाेचन समारोहमा साहित्यकार लीला अनमाेल, लेखक तथा पत्रकार कुमार भट्टराई लगायतले निबन्ध सङ्ग्रहका विषयमा समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।

निबन्ध सङ्ग्रहमा पत्रकार आचार्यले व्यक्ति, समूह र समाजको पहिचान बदल्ने एउटा हस्तक्षेपकारी बौद्धिक अभियानमार्फत आफू स्तम्भ लेखनमा आएको बताएका छन् । पठन संस्कृति विकासको वकालतका लागि अभियान प्रभावकारी भएको उनको निष्कर्ष छ ।















