- प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा वरिष्ठताको आधार तोडियो : बस्नेतले जनाए आपत्ति
- समाज सुधार दिवसको अवसरमा बिर्तामोडमा दीप प्रज्वलन
- विवादमा तानिए गायक रामकृष्ण ढकाल
- पत्रकार महासङ्घ झापाको साधारणसभा : विज्ञापन नीतिप्रति तीव्र असन्तुष्टि
- बालक्लबका पदाधिकारीलाई प्रतिवेदन लेखन तालिम
झापा– मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखाबाट करिव २२ लाख रुपैयाँ लुटिएको छ । सोमबार राति करिब १० बजे बैंकले २१ लाखभन्दा बढी रकम लुटपाट भएको जनाएको हो । बैंकको सो शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ भेटिएको छैन् ।
प्रहरीका अनुसार लुटपाटको योजना नेपाली नागरिकले बनाएको र लुटपाटमा ७ भारतीय नागरिक प्रयोग भएको अनुसन्धानबाट खुलेको छ । सोमबार दिउँसो ८ जनाको समूहले बैंक लुटपाट गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार लुटपाटमा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ परेका छन् ।
लुटपाटको घटनाको मुख्य योजनाकार विराटनगर महानगरपालिका–३ मुनालपथका ३२ वर्षीय श्याम मुखिया भएको र अन्य भारतीय नागरिकलाई उनले नै बोलाएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा मुखियासहित भारतको अररिया जिल्लाको शिवपुरका सुनिल यादव र विजय बहरदार छन् । पक्राउ परेका बहरदारको तिघ्रामा गोली लागेको छ । घाइतेलाई लिएर भाग्दै गर्दा सीमावर्ती क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।
लुटपाटमा प्रयोग भएको पेस्तोल पनि भेटिएको छ । लुटेरा समूहले चलाएको गोली लागेर बैकका सुरक्षा गार्ड ३७ वर्षीय शीतल कुँवर घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कुँवरको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । उनले कुँवरकी श्रीमती नानुमाया र उनका आफन्तलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
















