१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

अखिल क्रान्तिकारीको चियापान




बिर्तामोड– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) झापार्ले सोमवार वडादशैंको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । क्रान्तिकारीले वडादशैं, तिहार, छठ तथा नेपाल सम्वत् ११४२ को अवसरमा चियापान आयोजना गरेको हो ।

झापा अध्यक्ष रञ्जन धमलाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र झापा संयोजक मणिकुमार साम्पाङ विजयको प्रमुख आतिथ्य रहेको थियो । विशिष्ट अतिथि तथा पार्टीका झापा कार्यालय सदस्य कुवेर श्रेष्ठ अरुण थिए ।

निवर्तमान प्रदेश सह–संयोजक रवि बस्नेत, अखिल (क्रान्तिकारी) झापाका निवर्तमान अध्यक्ष अनिल सुवेदी, वाइसिएल केन्द्रिय सदस्य खगेन राजवंशीलगायतले वडा दशैंको शुभकामना दिएका थिए भने एकअर्काप्रति शुभकामना आदानप्रदान गरेका थिए ।

स्वागत अखिल (क्रान्तिकारी) झापाका उपाध्यक्ष लक्ष्मी नेपालले गरेको कार्यक्रमलाई सचिव राजन चापागाईले सञ्चालन गरेका थिए । बत्ताहरुले कोभिड १९ को जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाएर चाडवाडलाई मनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार ००:००  ५ : १४ बजे