- बस दुर्घटनामा तीन जनाको मृत्यु
- इटहरीकाे सेन्टर प्लाजामा आगलागी : नाै जनाको उद्धार, आगाे निभाउन १२ वटा दमकल परिचालन
- माध्यमिक शिक्षा परीक्षामा आठ हजार विद्यार्थी अनुपस्थित
- मान्छे किन्ने बेच्नेलाई २० वर्ष कैद र ५ लाख जरिवानाको प्रस्ताव
- १० वर्षमा ८२ लाख नागरिक बसाईं सरे : पहाड छोड्नेको सङ्ख्या अत्याधिक
झापा– साफ च्याम्पियनसिप फुटबलमा गएरातिको खेलमा नेपाल पराजित भए पनि फाइनलमा पुग्ने सम्भावना भने कायमै छ । अब बङ्गलादेशसँग हुने खेलमा नेपालले एक अङ्क बटुल्न सके त्यो फाइनल पुग्नका लागि पर्याप्त हुनेछ ।
पर्सि बुधवार बङ्गलादेशसँगको खेल नेपालका लागि ‘गर या मर को हुनेछ । बङ्गलादेशसँग हारेमा नेपाल बाहिरिने छ । नेपाल र बङ्गलादेशको खेल पर्सि दिउँसो पौने ५ बजे हुनेछ । यदि खेल बराबरी भएमा भने नेपाल ७ अङ्कका साथ फाइनलमा प्रवेश गर्नेछ ।
जित्ने टोली ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अब सम्पूर्ण ध्यान बङ्गलादेशको खेलमा केन्द्रित गर्ने बताएका छन् । गएराति भारतसँग १–० गोल अन्तरले पराजित भएसँगै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा धकेलिएको छ ।
प्रतियोगितामा पहिलो हार बेहोरेको नेपाल ३ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा झरेको छ । ६ अङ्क जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ । जितसँगै ३ खेलमा ५ अङ्क जोडेको भारत तेस्रो स्थानमा पुगेको छ । यस्तै, बङ्गलादेश ३ खेलमा ४ अङ्क जोडेर चौथो स्थानमा छ ।
साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेकोमा श्रीलङ्का भने बाहिरिइसकेको छ ।