- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामोड– श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्यसमिति झापाले विभिन्न समितिका पदाधिकारी सदस्य एवम् अग्रजलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
विर्तामोडको चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरको सभाहलमा आयोजित समारोहबीच सत्संग परिषद झापाको नवनिर्वाचित समिति र युवा परिषद नेपाल केन्द्रीय समितिलाई बधाई शुभकामना दिइएको हो ।
केन्द्रीय समितिमा झापाको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा निर्वाचित शारदाप्रसाद थपलिया र कृष्णप्रसाद बजगाईलाई बधाई दिइएको छ । संस्थाका अध्यक्ष टहलदास ओलीको अध्यक्षतामा सचिव मोहन अधिकारीले सञ्चालन गरेको समारोहमा युवा परिषद्का निवर्तमान राष्ट्रिय अध्यक्ष नमराज ढकाल र पूर्व अध्यक्ष मात्रिका प्याकुरेललाई विशेष सम्मान गरिएको छ ।
समारोहमा सत्संग परिषद् झापाका नवनिर्वाचित अध्यक्ष मिलन वस्नेत र जगदीशचन्द्र शर्माले बधाइपत्र ग्रहण गरेका छन् । पूर्वान्चल क्षेत्रबाट उपाध्यक्षमा टंकप्रसाद ओझा, उप–महासचिवमा शुभाष रिजाल, सदस्यमा मदन अधिकारी, दीपक दिनेश दाहाल, गोपाल ढकाल र राजु कट्टेललाई बधाई तथा सम्मान गरिएको छ ।
युवा परिषद प्रदेश नम्वर १ का संयोजक अनिल ढुंगाना र सचिव खगेन्द्र बाँस्तोलाले पु¥याएको योगदानलाई मुल्यांकन गरी सम्मान पत्र प्रदान गरिएको छ । समारोहका जगतनन्दन महाराजको प्रमुख आतिथ्यमा भएको हो ।