- भर्खरै : पेट्रोलियम पदार्थको मूल्य घट्यो
- भर्खरै : झापाको सतासीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु
- बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- पथरी शनिश्चरेमा दुर्घटना हुँदा युवकको मृत्यु
- इखरीपाटीको शुभारम्भ
बुटवल-बुटवलको मोतीपुरमा अहिले पनि कर्फ्यु लागेको छ । झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हिजो दिउँसो चार बजेदेखि मोतीपुरमा कर्फ्यु लगाएको हो ।
अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने भन्नेबारे छलफल गर्न आज सुरक्षा समन्वय समितिको बैठक बस्दैछ । हिजो मोतीपुर औद्याेगिक क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने क्रममा झडप भएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
झडपमा गोली लागेर ज्यान गुमाएका चार जनामध्ये कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १० का ४८ वर्षका रमेश परियारको मात्र पहिचान खुलेको छ । झडपमा पाँच जना प्रहरीसहित ९ जना घाइते भएका छन् ।
घाइतेहरुको उपचार भइरहेको छ । ज्यान गुमाएका चारै जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ । अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा स्थानीयबासिन्दा प्रहरीमाथि जाइलागेका थिए । प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।