- भर्खरै : पेट्रोलियम पदार्थको मूल्य घट्यो
- भर्खरै : झापाको सतासीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु
- बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- पथरी शनिश्चरेमा दुर्घटना हुँदा युवकको मृत्यु
- इखरीपाटीको शुभारम्भ
कैलाली– अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ
दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक तुलसी राम अर्यालले जानकारी दिए।
जन्ती बोकेर फर्किने क्रममा दुर्घटना भएको उनले बताए । दुर्घटनामा १४ घाइते भएका छन् । १२ जनाको जिल्ला अस्पताल र २ जनालाई नेपालगञ्ज रेफर गरिएको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको छ ।