बिर्तामोड– झापा बिर्तामोडकाे महानन्द चाेकमा अहिले राति एक जनाको शव भेटिएको छ । शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा स्थानीय इन्द्र मगरकाे शव भेटिएको हाे।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली पुगिसकेको छ । राति १० बजेपछि मात्रै प्रहरीले घटनाबारे सूचना पाएको हो ।
अर्जुनधारा-६ स्थित बिर्तामोडदेखि शनिश्चरे जाने बाटोमा महानन्द चौक नजिकै घटना भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगिसकेकाले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा मगरकाे शरीरमा चोट लागेको भेटिएको हो । डिएसपी आचार्यका अनुसार मृतकको हातमा चोट लागेको छ ।
- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
- सर्पदंशबाट नेपालमा वर्षेनि एक हजारको मृत्यु, जनचेतना फैलाउन झापा र मोरङमा कार्यक्रम


















