- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
बिर्तामोड– झापाको अर्जुनधारा स्थित शंखराचार्य पिठ साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले पत्रकार सहारा उपचार कोषलाई ९ हजार ९ रुपैयाँ प्रदान गरेका छन् । नवरात्रको अवसरमा आचार्य खतिवडाले पत्रकारको उपचार कोषमा सहयोग प्रदान गरेका हुन् ।
आइतबार साधुटारस्थित शंखराचार्य पिठमा महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र कार्यसमिति सदस्य होमप्रकाश अधिकारीलाई उक्त रकम प्रदान गरिएको हो । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषको रकम एक करोड रुपैयाँ लक्ष्य राखिएको छ ।