- लीला अनमोललाई ‘मनोजबाबु ओली साहित्य पुरस्कार’
- झापा रक स्टारको ग्र्याण्ड फिनाले असार २६ गते
- अर्जुनधारामा दुई करोडको व्यावसायिक लन्ड्री उद्योग
- ड्रक्स खाएर बस चलाउने ५ जना चालक पक्राउ
- वित्तीय कारोवारमा सिम्रिक सहकारी उत्कृष्ट
बिर्तामोड– मगमग एभरेष्ट क्वीज सिजन–२ को उपाधि न्युटन्स एजुकेशन एकाडेमीले जितेको छ । आइतबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेमा न्युटन्सले उपाधिसँगै २५ हजार नगद, मेडल र ट्रफी हात पारेको हो ।
प्रतियोगिताको फस्ट रनर अफ ग्लोबल एजुकेसनल एकाडेमी दमक र सेकेण्ड रनर अप मोडल कलेज दमक भएका छन् । फस्ट र सेकेण्ड रनरअपले क्रमस नगदसहित मेडल ट्रफी हात पारेका छन् ।
ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा प्रदेश १ का १ सय ४ विद्यालय तथा कलेजको सहभागिता थियो । ड्रिम्स वल्र्डले प्रत्येक बर्ष हाजिरीजवाफ सञ्चालन गरी एभरेष्ट टेलिभिजनमार्फत प्रशारण गर्दै आएको छ ।
कार्यक्रममा बिजेता तथा उपबिजेतालाई कार्यकारी निर्देशक सरोज खरेल तथा प्रोजेक्ट हेड रोहित दाहालले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको क्वीज मास्टरको रुपमा प्रणित पुडासैनी रहेका छन् ।


















