
न्युटन्सले जित्यो एभरेष्ट क्वीज सिजन–२ को उपाधि
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
बिर्तामोड– मगमग एभरेष्ट क्वीज सिजन–२ को उपाधि न्युटन्स एजुकेशन एकाडेमीले जितेको छ । आइतबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेमा न्युटन्सले उपाधिसँगै २५ हजार नगद, मेडल र ट्रफी हात पारेको हो ।
प्रतियोगिताको फस्ट रनर अफ ग्लोबल एजुकेसनल एकाडेमी दमक र सेकेण्ड रनर अप मोडल कलेज दमक भएका छन् । फस्ट र सेकेण्ड रनरअपले क्रमस नगदसहित मेडल ट्रफी हात पारेका छन् ।
ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा प्रदेश १ का १ सय ४ विद्यालय तथा कलेजको सहभागिता थियो । ड्रिम्स वल्र्डले प्रत्येक बर्ष हाजिरीजवाफ सञ्चालन गरी एभरेष्ट टेलिभिजनमार्फत प्रशारण गर्दै आएको छ ।
कार्यक्रममा बिजेता तथा उपबिजेतालाई कार्यकारी निर्देशक सरोज खरेल तथा प्रोजेक्ट हेड रोहित दाहालले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको क्वीज मास्टरको रुपमा प्रणित पुडासैनी रहेका छन् ।