‘जिल्ला बा’ को स्मृतिमा पत्रकारिता पुरस्कार
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
इलाम– प्रजातान्त्रिक आन्दोलनका योद्धा रामप्रसाद दुलालको स्मृतिमा २० हजार रुपैयाँ राशिको पुरस्कार हरेक वर्ष वितरण गरिने भएको छ । नेपाल प्रेस युनियन इलामले यस्तो घोषणा गरेको हो ।
दुलाल परिवारको तर्फबाट युनियनका केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईले रामप्रसाद दुलाल (जिल्ला बा) स्मृति पत्रकारिता पुरस्कार घोषणा गरेका हुन् ।
पुरस्कार घोषणाले पत्रकारलाई हौसला थपेको युनियनकी जिल्ला अध्यक्ष सविता पाण्डेले बताइन् । २०१५ सालको चुनावी अभियानमा प्रजातन्त्रको पक्षमा उभिएका दुलालले नेपाली कांग्रेस इलामका सभापति समेत भएका थिए ।