- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
बिर्तामोड– मेची महाकाली बुहारी संयुक्त आवाजले अग्निपीडित भद्रपुरकी एकजना महिलालाई उपचारका लागि १५ हजार हजार रुपैयाँ सहयोग गरेको छ । सिलिण्डर ग्यास विष्फोट भएर घाइते भएकी भद्रपुर–१ की पुष्पा पौडेलको उपचारका लागि मेची महाकाली बुहारी संयुक्त आवाजले उक्त रकम सहयो गरेको हो ।
शनिवार ओमसाई पाथिभरा हस्पिटलमा पुगेर उक्त रकम प्रदान गरिएको छ । मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले, भद्रपुर उपशाखा संयोजक तुलसा थापा, गंगाकुमारी लम्साल लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
मेची महाकाली बुहारी संयुक्त आवाजले यसअघि स्थापना दिवसको अवसर पारेर झापाको कनकाईस्थित कोटीहोममा आश्रित बृद्धबृद्धाका लागि अक्षयकोष स्थापनामा पनि सहयोग गरेको थियो ।