- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
बिर्तामोड–सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी यादव बस्नेतको स्मृतिमा अक्षयकोष स्थापना भएको छ । परिवारका तर्फबाटआमा देवीमाया बस्नेतले छोरोको स्मृतिमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेकी हुन् ।
आइतवार आयोजित कार्यक्रममा सहारा नेपालले यस्तो जानकारी दिएको हो । बस्नेतको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना भएको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।
कोरोना भाइरसको संक्रमणका कारण ३७ वर्षीय बस्नेतको गत कात्तिक ८ गते विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।
झापा गौरादह–६ दामुनाका स्थायी बासिन्दा बस्नेत इमान्दार र मिलनसार छविका थिए । सहारा नेपालका अनुगमन अधिकृत रहेका बस्नेतको स्मृतिलाई चीर स्थायी बनाइराख्न परिवारका तर्फबाट अक्षयकोष स्थापना गरिएको हो ।
यादव अधिवक्ता तथा अधिकारकर्मी अर्जुन बस्नेतका एक मात्र भाइ हुन् । यादवलाई बचाउन गरिएका अनेक चिकित्सकीय प्रयास असफल हुँदा बस्नेतले अल्पायुमा भाईलाई गुमाउनु परेको थियो ।